गोरखा । पालुङटार नगरपालिकाको वडाध्यक्ष बालिका बलात्कार आरोपमा पक्राउ परेका छन् । नगरपालिकाको वडा नम्बर ४ का अध्यक्ष ठाकुरकान्त रानाभाट १४ वर्षीया बालिका बलात्कार आरोपमा पक्राउ परेका हुन् । वडाध्यक्ष रानाभाटलाई प्रहरीले सोमबार साँझ उनकै निवासबाट पक्राउ गरेको हो ।
बालिकाको आमाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख सुरेन्द्र गुरुङले जानकारी दिनुभयो । प्रहरी प्रमुख गुरुङले पक्राउ लगत्तै उनलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भयो ।
रानाभाट स्थानीय तह निर्वाचनमा तत्कालीन नयाँ शक्ति (हाल जनता समाजवादी) पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । यसैबीच जनता समाजवादीले घटना गगत्तै रानाभाटलाई पार्टीबाट निस्काशन गरेको छ ।