आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु,आंशिक लकडाउनमा निर्णय हुनसक्ने

गोकर्णेश्वर खबर१९ श्रावण २०७७, सोमबार १७:४४ मा प्रकाशित (४ साल अघि) ५१९ पाठक संख्या

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बालुवाटारमा सुरु भएको छ । एक मन्त्रीका अनुसार कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आंशिक लकडाउनको निर्णय हुनसक्नेछ ।

छिल्ला समय काठमाडौं उपत्यका लगायत घनाबस्ती भएका ठाउँमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ । सिसिएमसीको बैठकले पनि मन्त्रिपरिषदमा थप छलफल गर्नेगरी आंशिक लकडाउनको मोडल अघि सारेको छ ।

जनस्वास्थ्य विज्ञहरुले पुनः लकडाउन गर्नूपर्ने धारणा राखेपछि सिसिएमसीले पनि त्यसै अनुसारको तयारी गरेको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य शहरमा फेरि सवारी सञ्चालनमा जोर विरोर प्रणाली लागू गर्ने तयारी पनि सरकारको छ ।