आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

काठमाडौं उपत्यकामा ५१ संक्रमित थपिए

गोकर्णेश्वर खबर१९ श्रावण २०७७, सोमबार १७:१६ मा प्रकाशित (४ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं : काठमाडौं उपत्यकमा ५१ जना सहित देशभर ४१८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भएको परीक्षणका क्रममा ३० जिल्लामा संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएका मध्ये सबैभन्दा बढी पर्साका ७१, कैलालीका ६७, सिरहाका ५१ र मोरङका ४६ जना छन्। त्यस्तै, काठमाडौंका ४३ जनामा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये वीपी कइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा सुनसरीका ५ जना, कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा झापाका १ र मोरङका ३७ जना तथा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा झापाका ४ र मोरङका ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

गजेन्द्रनारायण सिंह अस्पताल प्रयोगशाला राजविराजमा भएको परीक्षणमा सिराहाका ३ र सप्तरीका ५१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सर्लाहीका १ तथा महोत्तरी र धनुषाका ३०/३० जनामा संक्रमण पुष्टि हुँदा नारायणी  अस्पताल प्रयोगशालामा बाराका ३ र पर्साका ७१ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भक्तपुर र रसुवाका १/१ तथा काठमाडौं र कञ्चनपुरका ८/८ र कैलालीका ३५ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशाला टेकुमा बाराका १, काठमाडौंका १७ र रौतहटका २ जनामा संक्रमण पुष्टि भएको छ।

पाटन अस्पताल प्रयोगशालामा काठमाडौंका ५, ललितपुरका २, भक्तपुरका ४, महोत्तरी, चितवन र गुल्मीका १/१ जनामा संक्रमण पुष्टि भएको छ। वीर अस्पताल प्रयोगशालामा सर्लाहीका १ र काठमाडौंका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौं र दोलखाका १/१, नेपाल प्रहरी अस्पतालमा काठमाडौंकै २, वीरेन्द्र सैनिक अस्पताल प्रयोगशालामा काठमाडौंकै ३ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै स्टार अस्पताल प्रयोगशाला सानेपामा काठमाडौंका ५ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्कीका ८ र प्रादेशिक क्षयरोग उपचार केन्द्र प्रयोगशालामा स्याङ्जाका १ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा रुपन्देहीकै १ जना, भेरी अस्पताल प्रयोगशालामा बाँकेका ८ तथा बर्दिया , दाङ, र कैलालीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

सुर्खेत प्रादेशिक अस्पताल प्रयोगशालामा सुर्खेतका, दैलेख पीसीआर प्रयोगशालामा दैलेखकै र चौरजहारी नगरपालिका प्रयोगशालामा रुकुम पश्चिमका २/२ जनामा संक्रमण पुष्टि भएको छ।

सेती अस्पताल प्रयोगशालामा कञ्चनपुरका ८, कैलालीका ३१ र अछामका ४ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। संक्रमण पुष्टि भएका मध्ये हालसम्म १४ हजार ९६१ जना संक्रमण मुक्त भएका छन्। यो कुल संक्रमितको ७२.१ प्रतिशत हो। त्यस्तै हाल उपचारका क्रममा रहेका संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ।

हाल नेपालमा १० लाख जनसंख्यामा ७१०.९४ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा भएको कुल परीक्षण तीन लाख ९८ हजार ९०७ स्वाब परीक्षण गरिएकोमा ५.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।