आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर महादेव परिसरमा जनै पूर्णिमा देखिएको भक्तजन (तस्बिर र भिडियो सहित)

गोकर्णेश्वर खबर१९ श्रावण २०७७, सोमबार १२:१५ मा प्रकाशित (४ साल अघि) ५६८ पाठक संख्या

हिन्दू धर्मावलम्बीहरुले आज जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी पर्व मनाउँदैछन् ।

यो दिन पाटनको कुम्भेश्वर, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको देवीघाटलगायतका धार्मिक क्षेत्रमा ठूलो मेलासमेत लाग्ने गर्दछ । तर, यो वर्ष भने कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मेला लाग्ने छैन ।

गोकर्णेश्वर महादेव परिसरमा जनै पूर्णिमा देखिएको भक्तजन

गोकर्णेश्वर महादेव परिसरमा जनै पूर्णिमा देखिएको भक्तजन

Posted by Gokarneshwor Khabar- गोकर्णेश्वर खबर on Sunday, August 2, 2020

गोकर्णेश्वर नगरपालिका वडा नं ४ वडा समितिले साउन १५ गते बसेको बैठकले काठमाडौं उपत्यका भित्र संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको हुँदा मिति २०७७ साउन १९ गते देखि सम्म २१ गते सम्म पर्ने पर्वहरुमा वडा नं ४ को बिभिन्न मठ मन्दिर एतिहासिक देशे गाउँ लगायतका स्थानहरुमा भिड भाड हुने हुँदा कुनै पनि भिडभाड हुने कार्यक्रमहरु नगर्न वडा समितिले अपिल गरेको थियो तर आज जनै पूर्णिमा दिनमा र तेस्रो सोमबार गोकर्णेश्वर महादेव परिसरमा भने भिडभाड देखिएको थियो उक्ता भीडलाई व्यवस्थित प्रहरी गरेको थियो ।