आज: ९ मंसिर २०८१, आईतवार | Sun, 24, Nov, 2024

तारेभिर आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार १३:०५ मा प्रकाशित (४ साल अघि) ७९३ पाठक संख्या

काठमाडौं – गोकर्णेश्वर नगरपालिका- ३ स्थित तारेभिर आधारभूत विद्यालयको नव निर्मित भवन उद्घाटन गरिएको छ ।

गोकर्णेश्वर नगरपालिका र छायाँ नेपालको आर्थिक सहयोगमा करिब ८२ लाख ५५ हजार २ सय ९ रुपैयाँको लागतमा बनेको उक्त भवन शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

नवनिर्मित भवनको उद्घाटन गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे र छाया नेपालका कार्यकारी निर्देशक कपाल थापाले संयुक्त रुपमा रिवन काटेर गरेका थिए।

भवन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले ६० वर्ष पुरानो तारेभिर आधारभूत विद्यालयको अवस्था २ वर्ष अघि बेहाल देखेपछि आफुले विद्यालयलाई राम्रो र गुणस्तरिय शिक्षा बनाउने प्रण लिएको जानकारी दिदै नवनिर्मित भवनसँगै अब अझ गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताए ।

मेयर चालिसेले ६० वर्ष पुरानो विद्यालय २०७२ सालको भूकम्पले थप क्षत विक्षत बनाएको स्मरण गर्दै त्यति खेर घासी लगायतका संस्थाले सहयोगी भूमिका खेल्नको लागि नगरपालिका संग समन्वय गरे पनि बिचमै छोडेर जाने प्रबित्ति देखिएकोमा दुःख व्यक्त गरे । स्थापना भएको ६ दशक बितिसक्दा पनि उल्लेख्य सुधार हुन नसकेको तारेभिर आधारभूत विद्यालयलाई ७२ सालको भूकम्पले झनै असर गर्यो उनले भने म निर्वाचित भएर आएपश्चात नगरपालिकाले बिशेष चासो दिएर वर्तमान अवस्थामा आउने वातावरण सिर्जना भएको हो । भौगोलिक रुपमा बिकट स्थानमा रहेको विद्यालयको भवन निर्माणमा सहयोग गर्ने छायाँ नेपाल संस्थालाई धन्यबाद दिदै मेयर चालिसेले बिकट क्षेत्रमा मात्र काम गर्ने गरेको छायाँ नेपालले सो स्थानलाइ छनौट गरेकोमा बिशेष धन्यवाद दिए ।

नगर प्रमुख चालिसेले भवन निर्माण मात्र पर्याप्त नभई तारेभिरमा गुणस्तरीय शिक्षा समेत आजको आवश्यकता रहेको औल्याउँदै गुणस्तरीय शिक्षाको लागि तारेभिरका बालबालिका तथा अभिभावक अन्त भौतारिनु नपर्ने अवस्था निर्माण गर्नुपर्ने मा जोड दिए। नगरपालिकाको भेगमा रहेको शिवपुरी पर्वत शृंखलामा पर्यटन पूर्वाधार बिकासका लागि बिशाल शिवको मुर्ति बनाउने योजना अगाडी बढेको जानकारी गराउँदै प्रमुख चालिसेले निकुन्जका कारण खडा भएको व्यवधान हट्ने बित्तिकै निर्माणकार्यले गति लिने बताए। सो क्षेत्रमा सहज आवागमनका लागि गोकर्ण र बुढानिलकण्ठबाट सडक निर्माण भइरहेकोमा खुसि ब्यक्त गर्दै केहि वर्ष भित्रमानै आन्तरिक र बाह्य पर्यटकहरुको रोजाईको गन्तब्य हुने विश्वास व्यक्त गरे ।

मेयर चालीसेले तारेभिरलाइ पर्यटकीय गन्तव्य बनाउन जोरपाटीमा पर्यटकीय केन्द्र बनाउने जानकारी दिदैं तारेभिरका स्थानीयहरुलाई भुइ स्याउ लगायतका कृषि ,होम स्टे, महिलाहहरुलाई शिप तथा रोजगार विकास लगायतका कार्यक्रम संचालन गर्ने बताए । उनले आय आर्जनको लागि महिलाहरुलाई शिप विकास सहित पर्यटन पर्वधन गर्ने कार्यक्रमका लागि नगरपालिकाले बिशेष प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको उल्लेख गरे ।

त्यस्तै छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यबाद दिदै संस्थाले नगरपालिका संग गुणस्तर शिक्षा लगायत अन्य शैक्षिक कार्यक्रममा साझेदारीमा काम गर्न इच्छुक भएको बताए। उनले भवनको राम्रोसंग उपयोग गर्न अनुरोध गर्दै सरकारी विद्यालयबाट प्रदान गर्ने शिक्षाको गुणस्तरमा सुधार गर्नु आज को आवश्यकता रहेको औल्याए । निर्देशक थापाले तारेभिर आधारभुत विद्यालयको लागि छायाँ नेपालले एक बर्षको लागि एक जना शिक्षक समेत राखिदिने जानकारी दिए ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रशासकीय अधिकृत नरहरी घिमिरे,शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडाध्यक्ष राजेन्द्र कुमार भण्डारी, पुर्व गाविस अध्यक्ष एव्म नेकपा नगर अध्यक्ष उद्दब बिष्ट लगायतले शुभकामना मन्तब्य सहित बिध्यालयको भवन निर्माणमा सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे । विद्यालय भवन निर्माण कार्य सरकार नगरपालिकाको दाहित्व भित्र पर्ने कार्यमा समेत छायाँ नेपालले ८० प्रतिशत सम्म लागत साझेदारी गरेकोमा संस्थाको प्रशंशा गरे ।


नवनिर्मीत भवन उद्घाटन समारोहका अध्यक्ष गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य एव्म विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण गोले (लामा)ले विद्यालय भवन निमार्णमा सहयोग गर्ने छायाँ नेपाल,गोकर्णेश्वर नगरपालिका, विभिन्न संघसंस्था व्यक्तीहरुप्रति विद्यालय परिवार आभारी रहेको बताए ।

विद्यालयका प्रधानाध्यापक शिवहरी भण्डारीले स्वागत मन्तव्य सहित विद्यालयले भोग्दै आएको समस्या र आगामी चुनौती बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्याउने संघ संस्था तथा ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

भवन उद्घाटन समारोहमा प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे, नगरपालिका शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य , छायाँ नेपाल संस्थाका कार्यकारी निर्देशक कमल थापा,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी , नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल , वडा सदस्य लक्ष्मी भण्डारी, वडा सदस्य शम्भु बिष्ट, वडा सदस्य निर्मला कामी,,नेकपा नगर अध्यक्ष उद्दब बिष्ट , नेकपा नेता गोकुल बिष्ट, समाजसेवी हर्क तामाङ,किरण बिष्ट, विद्यालय प्रधानाध्यापक शिवहरी भण्डारी लगायत अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो ।

फोटो /सरोज बस्नेत