आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

टिकटकमा अश्लिल गाली गलौज गर्ने लिम्बू नियन्त्रणमा

गोकर्णेश्वर खबर१७ श्रावण २०७७, शनिबार ०८:३० मा प्रकाशित (४ साल अघि) ८७६ पाठक संख्या

मलेसिया । लामो समयदेखि टिकटकमा शुशिर लिम्बू नामको आइडिबाट नेपाली चेलीबेटीहरुलाई अश्लिल गाली गलौज गर्ने शुशिर लिम्बूलाई नियन्त्रणमा लिएको छ । उनलाई नेपाल तामाङ घेदुङ मलेसियाले नियन्त्रणमा लिएको हो ।

वैदेशिक रोजगारीको शिलशिलामा मलेसिया पुगेका लिम्बूले आफ्नो टिकटक एकाउन्टबाट नेपाल र भारतको सीमा विवादको विषयमा आफ्नै देश नेपाललाई अपमान हुनेगरी गाली गलौज गर्ने देखि तामाङ समुदायका चेलीहरुलाई समेत निरन्तर अश्लिल टिप्पणी गर्दै आएपछि तामाङहरुको छाता संगठन नेपाल तामाङ घेदुङ मलेसियाले लिम्बूलाई नियन्त्रणमा लिएको हो ।

उनलाई मलेसियाको केयल स्थित मण्डला रेष्टुरेन्टमा नियन्त्रण गरेर राखेको छ भने मलेसिया प्रहरीमा बुझाउने वा नेपाली दूतावास बुझाउने छलफल भइरहेको नेपाल तामाङ घेदुङ मलेसियाका सचिव मिलन दोङ तामाङले  जानकारी दिएका छन ।