आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

देशभर कोरोना भाइरस बाट ४ सय ३७ सुरक्षाकर्मी संक्रमित !

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार २२:५६ मा प्रकाशित (४ साल अघि) ३०९ पाठक संख्या

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट सेना, प्रहरी र शसस्त्र गरी ४ सय ३७ जना सुरक्षाकर्मी संक्रमित भएका छन । नेपाल पुलिसका २ सय ५० जना, नेपाल आर्मीका ९० जना र सशस्त्र प्रहरीका ९७ जना सुरक्षाकर्मी संक्रमित भएका छन् ।

सबैभन्दा बढी प्रभावित नेपाल प्रहरी रहेको छ । प्रहरी प्रधान कार्यालयका ७२ जनासहित २ सय ५० जना संक्रमितमध्ये ६ जना महिला २ सय ४४ जना पुरुष रहेका छन । संक्रमित अधिकांश फिल्डमा खटिएकाहरु रहेका नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । प्रहरीका संक्रमितमध्ये १ सय १ जना संक्रमण मुक्त भईसकेका छन ।

नेपाल आर्मीका ९० जना संक्रमित भएका छन । संक्रमित सबै पुरुष हुन् । जसमध्ये ७६ जना डिस्चार्ज भउका छन भने १४ जना उपचाररत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

संक्रमित सबै क्वारिन्टन, होल्डिङ सेन्टर र सबै व्यवस्थामा कार्यमा खटिएका सुरक्षाकर्मीहरु रहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

यस्तै सशस्त्र प्रहरी बलका ९७ जना संक्रमित भएका छन । एक जना महिला बाहेक संक्रमित सबै पुरुष रहेका छन । संक्रमितमध्ये ६६ जना डिस्चार्ज भइसकेका छन ।

शसस्त्रका ३१ जना उपचाररत रहेको सशस्त्र प्रहरीका प्रवक्ता डिआईजी राजु अर्यालले जानकारी दिए । सशस्त्रमा संक्रमित अधिकांश सीमा क्षेत्रमा खटिएका र क्वारेन्टिनमा खटिएकाहरु रहेको उनले बताए ।