आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

पुन: लकडाउनकाे प्रकृया सुरू- नाकामा कडाइसँगै जाेरविजाेर प्रणाली !

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:४१ मा प्रकाशित (४ साल अघि) ७४८ पाठक संख्या

काठमाडौं –कोरोना भाइरसको संक्रमण देशभर बढ्न थालेको छ । यसबाहेक कडा लक्षणसहितका संक्रमित समेत भेटिन थालेका छन् ।

साउन ७ गतेदेखि लकडाउन हटाएयता १४ जना संक्रमितले ज्यान गुमाइसकेका छन्। लकडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन लकडाउन एवं जोरबिजोर प्रणाली लागु गर्नका लागि गृहमन्त्रालयलाई पत्र काटेको छ ।

स्वास्थ्य मन्त्रालयले, जोरबिजोर प्रणाली लागु गर्न, नाकामा कडाइ गर्नदेखि पुन लकडाउन गर्नसम्मको सुझाव सहित साउन १३ गते नै  गृह मन्त्रालयलाई पत्र पठाएको हो। सोही अनुसार काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ।

उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि कडाइ गरिसकेको छ।  थप समस्या र संक्रमित दुवै बढेर संक्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ। यस्तो अवस्थामा फेरि एक पटक देशभर कडा लकडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्।

लकडाउन खुलेसँगै संक्रमण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको छ। सोही कारण कोरोना भाइरसको संक्रमण कम गर्नका लागि स्वास्थ्य मन्त्रालयले कदम चालेको हो ।