आज: १५ बैशाख २०८२, सोमबार | Mon, 28, Apr, 2025

सागमा स्वर्ण जित्ने खेलाडीलाई कांग्रेसले गर्‍यो सम्मान (तस्बिरहरू)

गोकर्णेश्वर खबर१६ श्रावण २०७७, शुक्रबार १८:२५ मा प्रकाशित (४ साल अघि) ३०७ पाठक संख्या

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेको छ।

सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टी कार्यालय सानेपामा स्वर्ण जित्ने खेलाडीलाई नगदसहित सम्मान गरेका हुन्।

एक स्वर्णलाई १० हजार, दुईलाई १५ हजार र चार स्वर्णलाई २५ हजार नगदसहित सम्मान गरिएको हो।

विभागले टोकियो ओलम्पिकमा सहभागी हुने नेपाली खेलाडी र प्रशिक्षकहरूको कोरोना बीमा गर्ने जनाएको छ।

गत मंसिरमा भएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक गरी २ सय ७ पदक जितेको थियो।

तस्बिरहरू: