शुक्रबार काठमाडौं उपत्यकाका ३८ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा उपत्यकामा ३८ जना संक्रमित थपिएको जानकारी दिए।
संक्रमितमध्ये काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका एकजना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
ष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ८ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौं र ललितपुरका दुई-दुई जना संक्रमित फेला परेका छन्।
काठमाडौंकै अर्का एकजनाको वीर अस्तपालमा संक्रमण पुष्टि भएको छ। नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भने काठमाडौंका १८ र ललितपुरका एकजनामा संक्रमण पोजेटिभ देखिएको हो।
त्यसैगरी नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजनालाई संक्रमण देखिएको छ।
पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढिरहेको छ। बिहीबारमात्र उपत्यकाका ४५ जनामा संक्रमण पुष्टि भएको थियो।