वीरगञ्ज : वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति एघार बजे मृत्यु भएको हो ।
मृतक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत हुन् । उनमा साउन छ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी साउन सात गते गण्डकस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।
वीरगन्जमा बिहीबार नै कोरोना संक्रमित अरु दुई जनाको पनि मृत्यु भएको थियो । मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् ।
दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।