आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

गोकर्णेश्वर नगरपालिका वडा नं ४ द्वारा साउन १९ देखी २१ गते सम्म परेको पर्वमा भिडभाड नगर्न अपिल

गोकर्णेश्वर खबर१५ श्रावण २०७७, बिहीबार १७:२७ मा प्रकाशित (४ साल अघि) ७२६ पाठक संख्या

काठमाडौं श्रावण १५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ सार्वजनिक सुचना मार्फत भिड भाड नगर्न वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ द्वारा अपिल गरेको छ।

वडा समितिको आज साउन १५ गते  बसेको बैठकको निर्णय अनुसार कोभिड १९ का कारण काठमाडौं उपत्यका भित्र संक्रमितको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको हुँदा  मिति २०७७ साउन १९ गते देखि  सम्म २१ गते सम्म पर्ने पर्वहरुमा वडा नं ४ को बिभिन्न मठ मन्दिर एतिहासिक देशे गाउँ लगायतका स्थानहरुमा भिड भाड हुने हुँदा कुनै पनि भिडभाड हुने कार्यक्रमहरु नगर्न वडा समितिले अपिल गरेको छ ।