काठमाडौं । काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा काठमाडौंका ४१ जना, ललितपुरका २ जना र भक्तपुरका दुईजनामा कोरोना संक्रमण भएको जनाएका छन् ।
उपत्यकाका विभिन्न ठाउँमा देखिएको संक्रमणको स्रोत पुष्टि हुन नसकेकाले सतर्कता अप्नाउन मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।
विभिन्न जिल्लामा थपिएका २ सय ७४ जनासहित देशभर संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।
संक्रमितमध्ये १४ हजार २ सय ४८ जना उपचारपछि घर फर्किएका छन् भने ५२ जनाले ज्यान गुमाएका छन् ।