आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

सिचाइ कुलोमा एक व्यक्ति मृत फेला

गोकर्णेश्वर खबर१४ श्रावण २०७७, बुधबार १७:३६ मा प्रकाशित (४ साल अघि) २२५ पाठक संख्या

काठमाडौं – फिदिममा एक पुरुष मृत भेटिएका छन् । उनी सिचाइ कुलोमा मृत भेटिएको स्थानीयले बताएका छन् ।

फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोमा डुबेको अवस्थामा भेटिएका थिए ।

स्थानीयले कुलोमा जगन्नाथलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शव आफन्तको जिम्मा लगाएको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।