काठमाडौं – नेपालमा बुधबार थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
५ हजार ३६० सक्रिय संक्रमितको संख्या रहेको मन्त्रालयले जनाएको छ ।
लकडाउन अघिको ८ दिनमा जम्मा ३.० प्रतिशत र लकडाउन अन्त्य भइसकेपछिको ८ दिनमा ३.७ प्रतिशतमा कोरोना संक्रमण रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १४६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार २१ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।