आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

नेपाली सेनाका पूर्व रथी खड्काको उपचारका क्रममा निधन

गोकर्णेश्वर खबर१३ श्रावण २०७७, मंगलवार १९:५६ मा प्रकाशित (४ साल अघि) ३९० पाठक संख्या

काठमाडौं – नेपाली सेनाका अवकासप्राप्त रथी कुलबहादुर खड्काको निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना भएका खड्काको उपचारका क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पहिलो सरकारद्वारा सेनापतिमा नियुक्त भएका थिए । लेफ्टिनेन्ट जनरल खड्काको प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको थियो ।

प्यान्क्रियाज क्यान्सर डायग्नोसिस गरिएको ५५ औं दिनमा उनको आज निधन भएको हो ।