आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

राजश्व कार्यालयका सुब्बालाई पनि कोरोना पुष्टि

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १८:२७ मा प्रकाशित (४ साल अघि) ३२४ पाठक संख्या

नेपालगञ्ज – आन्तरिक राजश्व कार्यालय, नेपालगञ्जका सुब्बालाई पनि कोरोना देखिएको छ।

कार्यालयका कर अधिकृतलाई कोरोना देखिएपछि सबै कर्मचारीको स्वाव लिइएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, आन्तरिक राजश्व कार्यालयका ६४ जना कर्मचारीको स्वाव लिइएकोमा एकजनाको नतिजा आउदा पोजिटिभ आएको जानकारी दिए।

रिपोर्ट पोजिटिभ आउनेमा कार्यालयका २९ वर्षीय सुब्बा हुन् । उनी प्यूठान निवासी हुन् । कार्यालयका अरु ६३ जनाको रिजल्ट आउन बाँकी रहेको छ । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ।

राप्तीसोनारी गाउँपालिका वडा नं। ८ का ४९ वर्षीया महिला र २४ वर्षका पुरुषमा कोरोना देखिएको कोरोनाका फोकलपर्सन श्रेष्ठले बताए । उनीहरु दुवै जना क्वारेन्टाइनमा बसिरहेका छन्।

लकडाउन खुलेपछि बाँकेमा क्वारेन्टाइनमा भन्दा बाहिर रहेका मानिसमा कोरोना देखिरहेको छ । क्वारेन्टाइनमा नबसेका १२ जनामा कोरोना देखा परिसकेको छ।