आज: ८ मंसिर २०८१, शनिबार | Sat, 23, Nov, 2024

महाराजगञ्जस्थित टिचिङ अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:४१ मा प्रकाशित (४ साल अघि) ४४४ पाठक संख्या

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाराको फेटा गाउँपालिका ३ का ६० वर्षीय पुरुषको सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । उनी निमोनिया, मिर्गौला र मस्‍तिष्कघातसम्बन्धी रोगका विरामी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १८ हजार ७५२ जना संक्रमित भएका छन् । उनीहरुमध्ये १३ हजार ७५४ जना निको भएका छन् ।