आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

१५ दिनदेखि १६ वर्षीया किशोरी बेपत्ता

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १७:२८ मा प्रकाशित (४ साल अघि) २३७ पाठक संख्या

इलाम – माई नगरपालिकाकी एक बालिका १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।

गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए ।

परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् ।