आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

सरिता गिरीको ठाउँमा सांसद बनिन् लिलादेवी सिटौला

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १५:५८ मा प्रकाशित (४ साल अघि) २४४ पाठक संख्या

काठमाडौं । समाजवादी पार्टीबाट लिलादेवी सिटौला समानुपातिक सांसद बनेकी छिन् ।

समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेसँगै उनको ठाउँमा सिटौला सांसद बनेकी हुन् ।

नेपालको भूभाग लिपुलेक, कालापानी, लिम्पियाधुरा भूभाग समेटेर नक्सा जारी गर्ने विषयमा संशोधन हालेपछि विवादमा पेरेकी थिइन् । त्यससँगै पार्टीले सांसद र पार्टी सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरेको थियो ।
गिरीले आफूलाई पार्टीको सदस्यताबाट र सांसद पदबाट निष्कासन गर्ने निर्णय रोक्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा असार २८ गते रिट निवेदन दायर गरेकी थिइन् ।

आइतवार सर्वोच्च अदालतले जनता समाजवादी पार्टीको सदस्यता र संसद्बाट सरिता गिरीलाई निष्कासन गर्ने निर्णय रोक्न अस्वीकार गरेको हो । न्यायाधीशहरु ईश्वर खतिवडा र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गिरीलाई निष्कासन गर्ने पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयानुसार पदबाट हटाइएको हुँदा पार्टीको निर्णय रोक्न नसक्ने आदेश जारी गरेको थियो।