आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

२० दिनपछि मृतकको पहिचान खुल्यो

गोकर्णेश्वर खबर१२ श्रावण २०७७, सोमबार १५:५६ मा प्रकाशित (४ साल अघि) २३० पाठक संख्या

काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको बीस दिनपछि पहिचान खुलेको छ ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका-९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने , “ ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई उहाँकी श्रीमतीले प्रहरीको सम्पर्कमा आएर आज पहिचान गर्नुभएको छ ।” दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ ।

ठक्कर दिएर भागेका चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ । गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।

  • रासस