आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

‘इनफ इज इनफ’ अभियन्ताद्वारा अर्थमन्त्रीविरुद्ध अख्तियारमा उजुरी

गोकर्णेश्वर खबर११ श्रावण २०७७, आईतवार २१:३१ मा प्रकाशित (४ साल अघि) ३३२ पाठक संख्या

काठमाडौं – ‘इनफ इज इनफ’ अभियानका ५० जना अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिव शिशिरकुमार ढुंगानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेका छन् ।

कोभिड – १९ को महामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गरेको तर त्यसको अनुगमन नभएको र यसले भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै उनीहरुले अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले अर्थ मन्त्रालयमा कोभिड १९ महामारी व्यवस्थापन, नियन्त्रण तथा रोकथामको लागि संघीय सरकारका अन्य मन्त्रालय तथा त्यस माताहतका निकायहरू तथा प्रदेश तथा स्थानीय तहका सरकारहरूलाई विभिन्न शीर्षकमा भएको खर्चको विवरण माग गर्दै सूचनाको हकको निवेदन दर्ता पनि गराएको बताएका छन् ।

पुकार बमलगायतका अभियन्ताले निवेदन दिएका हुन् ।