नेपालगञ्ज – बाँकेको कोहलपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ९, कौशिल्या मेमोरियल नजिक भे १ ज ३०६ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा जाजरकोट घर भएका सागर चनाराको मृत्यु भएको हो। चनारा पैदल हिँडिरहेका थिए। उनी आफन्तीको घरमा आएका थिए।
गएराती साढे दश बजे कोहलपुरबाट नेपालगञ्जतर्फ आइरहेको एम्बुलेन्सले ठक्कर दिएपछि गम्भीर घाइते भएका चनारालाई उपचारका लागि मेडिकल कलेज कोहलपुर लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भयो। चनारालाई ठक्कर दिएपछि भागेको एम्बुलेन्सलाई बाँके प्रहरीले नेपालगञ्जबाट नियन्त्रणमा लिएको छ।