आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काभ्रे तेमालका नेकपाका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश

गोकर्णेश्वर खबर६ श्रावण २०७७, मंगलवार २२:५१ मा प्रकाशित (४ साल अघि) ५०३ पाठक संख्या

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) काभ्रेका नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
तेमाल गाउँपालिकाका -८ का नेता हिरा लामा घिसिङसहित आधा दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन ।

२०४६ सालदेखि वामपन्थी बिचारमा अबद्ध हुँदै २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट साबिक मेच्छे गाविसको वडाध्यक्षमा निर्वाचित घिसिङसहितका नेता तथा कार्यकर्ता काग्रेसमा प्रवेश गरेका हुन ।

३८ औं बिपी स्मृति दिवसको अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराउँदै सदस्यता हस्तान्तरण गरेका थिए ।

देउवा निवास बूढानिलकण्ठमा भएको उक्त पार्टी प्रवेश कार्यक्रममा काभ्रे क्षेत्र नम्बर १ का पूर्व सांसद एवंम युवा नेता तिर्थ लामा, तेमाल गाउँपालिका अध्यक्ष सलम सिं लामा, उपाध्यक्ष दुर्गामाया तामाङ लगाएतको उपस्थिति रहेको थियो ।