आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

व्यवसायीकाे माग सम्बाेधन, सबै सार्वजनिक यातायात सञ्चालन हुँदै

गोकर्णेश्वर खबर३ श्रावण २०७७, शनिबार १९:०९ मा प्रकाशित (४ साल अघि) ४६५ पाठक संख्या

काठमाडाैं । यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी सञ्चालन गर्ने बताएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउने तयारी गरेको जनाएका छन् ।

यातायात व्यवसायीले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । सरकारले गत असार २६ गतेबाट जिल्लाभित्र र काठमाडौं उपत्यकाभित्रको सार्वजनिक सवारी खुला गरेको थियो ।

यातायात व्यवसायीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरेकाले अधिकांश यातायात कम्पनीले अझै सेवा शुरु गर्न सकेका छैनन् । हाल साझा, मयूर, महानगर, संयुक्त, सुन्दरलगायत कम्पनीले काठमाडौंमा सेवा दिइरहेका छन् ।

त्यस्तै, केही माइक्रो तथा टेम्पोले पनि सेवा दिइरहेका छन् । उनीहरुले सरकारले तोकेअनुसार एउटा पंक्तिको एउटा सिटमा एक जना मात्रै बस्ने मापदण्ड पालना गरेका छन् ।

सरकारले यसरी सवारी चलाउँदा घाटा हुन नदिन यात्रुबाट साविकको भन्दा थप ५० प्रतिशत बढी भाडा लिन पाइने व्यवस्था पनि गरेको छ ।