काठमाडौं । नेपाल विद्यार्थी संघले नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालाको ३८औं स्मृति दिवश मनाउने भएको छ । नेविसंघले देशभरका जिल्ला, प्रदेश र क्षेत्रिय समिति, क्याम्पस तथा विदेशमा क्रियाशिल समितिहरुलाई वि.पी. कोइरालाका विचारमाथि विमर्श गर्दै स्मृति दिवश मनाउन परिपत्र जारी गरेको हो ।
३८औं विपी स्मृति दिवशका सन्दर्भमा केन्द्रिय कार्यसमितिले जारी गरेको परिपत्रमा सबै समितिहरुलाई बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा राहत, उद्वार र पुन:स्थापना लगायतका काममा सहभागि हुन र प्रविधिमार्फत विपी कोइरालाका विचार, दृष्टिकोण, योगदान तथा व्यक्तित्वसम्बन्धि विभिन्न गोष्ठी सञ्चालन गर्न निर्देशन गरिएको हो ।
नेविसंघका सभापित राजिव ढुंगानाद्वारा जारी परिपत्रमा वि.पी. स्मृति दिवशमा रक्तदान, वृक्षारोपण, वृद्ध तथा बिरामीलाई फलफुल वितरण गर्न र सरसफाइ लगायतका गतिविधी सञ्चालन गर्न सबै नेता कार्यकर्तालाई अनुरोध गरिएको छ ।