काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिण तिर रहेको छ।
देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
त्यस्तै पछिल्लो ६ घण्टामा ताप्लेजुङ, उदयपुर, सप्तरी, सिराहा, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं उपत्यका, धादिङ, मकवानपुर, नवलपरासी, तनहूँ, लमजुङ, गोरखा, कास्की, दाङ, कैलाली, कञ्चनपुर, डोटीका केहि स्थानमा मध्यम देखि भारी बर्षा मापन भएको छ ।
जसअनुसार ती क्षेत्रका साना, ठूला नदीहरुमा आकस्मिक वाढी आउनसक्ने सम्भावना रहेको भन्दै सतर्क रहन विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्य बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।
आज राती देशभर सामान्यदेखी पुर्ण बदली रही धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा र प्रदेश १, प्रदेश ५, बागमती प्रदेश, प्रदेश २ का एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।