आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

प्रहरीमाथि गोली चलाउने दुईजना पक्राउ

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार १५:०४ मा प्रकाशित (४ साल अघि) २८० पाठक संख्या

सुनसरी । देवानगंज गाउँपालिकाबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । चेकजाँचका क्रममा प्रहरीलाई लक्षित गरी फायरिङ गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा देवानगंज गाउँपालिका–२ बस्ने २३ वर्षीय पिन्टु यादव र देवानगंज गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजेश यादव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले अटोमेटिक पेस्तोल १ थान, सोही पेस्तोलको गोली ६ राउण्ड, म्याग्जिन २ थान तथा बिआर ३८ भि ३५२८ नम्बर र अनटेष्ट लेखिएको मोटरसाइकल बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको गस्ती टोलीले भारतीय नम्बर प्लेटका २ वटा मोटरसाइकल चेकजाँचका लागि रोकेको थियो । जाँच गर्ने क्रममा उनीहरुले प्रहरीलाई लक्षित गरी एक्कासी फायर खोली भाग्न खोज्दा प्रहरीले जवाफी फायर गार्ये । प्रहरीको फायरबाट दुवैजना घाइते भएका थिए । घाइते दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल ईनरुवा लगिएको थियो ।

घटनामा संलग्न फरार रहेका अन्य ३ जनाको खोजी हुनुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।