आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ११:४१ मा प्रकाशित (४ साल अघि) ३५७ पाठक संख्या

काठमाडौं – नेपालमा थप एकजना व्यक्तिको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय कोरोना संक्रमित वृद्धको मृत्यु भएको अस्पतालले श्रोतले जानकारी दिए।

उहाँको हिजो बेलुका ५ बजेतिर संक्रमण पोजेटिभ आयो तर राति साढे १० बजे उहाँको मृत्यु भयो, उनले भने।

गत बुधबार वृद्धलाई अस्पताल भर्ना गरिएको थियो।

मुटुका विरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो।

त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

अहिले मृतकको शवलाई अस्पतालमै राखिएको छ।

शवलाई व्यवस्थापन गर्नेबारे सेनाको टोलीसँग कुरा भइरहेको अस्पतालले जनाएको छ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ।