आज: २८ चैत्र २०८१, शुक्रबार | Fri, 11, Apr, 2025

सहकारी कर्जा सूचना केन्द्र स्थापना हुने

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०८:२७ मा प्रकाशित (४ साल अघि) ६११ पाठक संख्या

काठमाडौं । सहकारी संस्थाबीच ऋण लगानीको सूचना आदानप्रदानका लागि कर्जा सूचनान्द्र छिटो स्थापना गर्न राष्ट्रिय सहकारी महासंघले पहल सुरु गरेको छ ।

सहकारी ऐन तथा नियमावली जारी भएको दुई वर्ष बित्दा पनि सूचना केन्द्र स्थापना हुन नसकेपछि छिटो सञ्चालन गर्न महासंघले पहल सुरु गरेको हो । बिहीबार महासंघका सञ्चालकहरूले भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण सचिव केदार न्यौपानेसँग भेट गरी केन्द्र स्थापनाका लागि आवश्यक कार्यविधि छिटो स्वीकृत गर्ने आग्रह गरेको छ ।

सहकारी नियमावली–२०७५ ले विशिष्टकृत संघमार्फत कर्जा सूचना केन्द्र सञ्चालन गर्ने व्यवस्था गरेको छ । नियमावलीमा न्यूनतम ५ करोड रुपैयाँ सेयर राखेर विशिष्टकृत संघ स्थापना गर्ने र यसमार्फत सूचना केन्द्र सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

जसमा सहकारी मन्त्रालय, नेपाल राष्ट्र बैंक, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी महासंघ तथा नेपाल सरकारका अन्य निकायको समेत सेयर सहभागिता रहनेछ ।यस्तै कुलपुँजीको ६० प्रतिशत रकम संस्थाहरूले जम्मा गरेको हुनुपर्ने व्यवस्था छ । (कारोबार)