आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो ,बार्सिलोना स्तब्ध

गोकर्णेश्वर खबर२ श्रावण २०७७, शुक्रबार ०६:१८ मा प्रकाशित (४ साल अघि) ४५६ पाठक संख्या

काठमाडौं। रियल म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ । लिग अन्तर्गत गएराति सम्पन्न खेलमा भिल्लारियललाई पराजित गरी रियल मड्रिडले एक खेल बाँकी हुँदै उपाधि पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई २-१ ले पराजित गरेको हो । रियल म्याड्रिडको जितमा करिम बेन्जमाले दुवै गोल गरेका थिए । बेन्जमाले खेलको २९औ र ७७औ मिनेटमा गोल गरेका थिए । त्यस्तै भिल्ला रियलका लागि इबोर्राले खेलको ८३औ मिनेटमा १ गोल गरेका थिए ।

यो सँगै रियल म्याड्रिडले लिगको एक खेल खेल्न बाँकी हुँदै लिगको उपाधि जितेको हो । लिगमा ३७ खेलपछि रियलको ८६ अंक भएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको बार्सिलोना गएराती भएको ओसासुनाविरुद्धको खेल २-१ ले गुमाएपछि ३७ खेलमा ७९ अंक रहेको छ ।

रियल म्याड्रिडले ला लिगाको इतिहासमा सबैभन्दा बढी ३४औ पटक लिगको उपाधि जितेको छ ।

ला लिगामा बार्सिलोनाले २६ पटक उपाधि जितेको छ भने एटलेटिको म्याड्रिडले १० पटक जितेको छ ।