काठमाडौं ,साउन १ / नरहरि घिमिरे
“हावा चलिरहेछ”
थुचुक्क बसी एक थकित आमा,
पोकाको भारी बिसाएर ,सुस्ताउदै चौतारोमा
परबाट एकजोडी आँखाले उसको उपस्थिती
पछ्याइरहेका थिए यन्त्रवत् ।
आँखा नजिक बन्दै आए , गुटुटु एकजोडी खुट्टाको
सहारामा, उफ्रिदै चुलबुल गर्दै, बाख्राको पाठाे जस्तै
अनुहारका मोतिदाना पुछेर फरियाको फेरले ,
च्वाँस् च्वाँस पार्दै लाम्टाे चुसी उसले, र
अनुहार हेरेर मुस्कुराई आमाको, गुलाबको कोपिला जस्तै
दुधे दाँतले मातृत्वसल्यताम गहिरो दाग पारे ,
सुक्क सुक्क गर्दै आमा सल्बलाई ,
उसका औंलाले थाहै नपाई छोरीको कपाल सुम्सुमाए ।
सुर्केनी पारेको मझौत्रोको टुप्पोको गांठाे खोली आमाले,
तर मनमा गाठाे झन् झन् कसिलो बन्दै गयो।
पिपलगेडीका दुई दाना मुखमा
कोची छोरीको र
अनि आफूभन्दा दुइगुना अग्लो भारी मनभरी र
तनभरी बोकेर ,
लाम्टाेमा छोरी झुन्डाएरै उकालो लागि ,
“सिसिफस यात्रामा” , सुस्केरा मार्दै ।।
(लेखक गोकर्णेश्वर नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत हुनुहुन्छ ।)