काठमाडाैं । उपत्यकामा आजदेखि साझा बस सञ्चालन गरिने भएको छ । साझा यातायातका ७१ वटा बसमध्ये बिहीबारदेखि २६ बस विभिन्न रुटमा सञ्चालन गरिने साझा यातायातका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।
बिहीबारदेखि सञ्चालन हुने साझा बस लगनखेलदेखि नयाँ बसपार्क, बुढानिलकण्ठ, गोदावरीदेखि रत्नपार्क, लगनखेलदेखि सातदोबाटो–कलंकी हुँदै थानकोट, लगनखेलदेखि बानेश्वर–एयरपोर्ट हुँदै नयाँ बसपार्कसम्म चल्नेछन् ।
कोरोना संक्रमणबाट बच्न यात्रु आफैंले स्वास्थ्य सतर्कता अपनाउनुपर्ने साझा यातायातले जनाएको छ । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने नियम बनाए बमोजिम साझा यातायातले भाडा लिने प्रष्ट पारेको छ ।