आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

देशभर आंशिकदेखि सामान्य वदली, केही स्थानमा वर्षा, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार ०६:३८ मा प्रकाशित (४ साल अघि) २३२ पाठक संख्या

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तर्फ सरेको छ।

देशभर आंशिकदेखि सामान्य बदली रही एक, दुई स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी आज विहान २ बजे मापन गरिएको रेकर्ड अनुसार बलेफि नदी जलविरे सिन्धुपाल्चोक बाढी मापन केन्द्रमा एक्कासी जलसतह १ मिटर बढेर सतर्कता बिन्दु आसपास बाढी आएको छ ।

यो बाढीको अवस्था बढ्दो रहेको छ । तसर्थ सुनकोशी नदी तटीय क्षेत्र र यस नजिक रहनेहरुले आज दिनभर सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।