आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

क्वारेन्टिनमा प्रहरीद्वारा निर्घात कुटपिट, प्रहरी र स्थानीय सरकारको कडा आलोचना

गोकर्णेश्वर खबर१ श्रावण २०७७, बिहीबार ०६:३५ मा प्रकाशित (४ साल अघि) २४१ पाठक संख्या

सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ स्थित बागेश्वरी माविको क्वारेन्टिनमा राखिएका सोही गाउँपालिका–८ का युवकलाई प्रहरीले निर्घात कुटपिट गरेको घटनाप्रति सुर्खेतका अगुवाहरुले कडा निन्दा गरेका छन् ।

कोरोना पोजेटिभ देखिएका युवा अन्य साथीहरु सँगसँगै घर जान खोजेको निहुँमा प्रहरीले निर्घात कुटपिट गरेका थिए । क्वारेन्टिनलाई आइसोलेसन बनाएर राखेका कारण कोरोना संक्रमितहरु बस्न मानिरहेका थिएनन् ।

सरकारले कोरोना संक्रमण भएकाहरुलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिरहेको छैन । अव्यवस्थित क्वारेन्टाइनलाई नै आइसोलेसन बनाएमा कारण उचित हेरचाह नपरेको आम गुनासो छ ।

घटनाको सत्यतथ्य छानबिन गरेर दोसि सबैलाई कडा कार्वाही गर्न माग गरिएको छ । महामारी नियन्त्रणको नाममा स्थानीय सरकारले राज्यकोषको दोहन गरेको समेत ऊनीहरुले आरोप लगाएका छन् ।

घाइतेलाई कोरोना संक्रमण पनि देखिएको र निर्घात रूपमा कुटपिट भएको अबस्थामा समेत गाउँपालिका अध्यक्ष कबिन्द्र कुमार केसीको उपस्तिथिमा संक्रमण निको भएपछि मात्र उपचार गर्ने सहमति भएको देखिएको छ ।

सुर्खेतका अगुवाहरुले घाइतेलाई तत्काल उपचार गर्न माग गरेका छन् ।