आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

स्तनको स्पर्शबाट कसरी पाँउछन् महिलाले यौन आनन्द?

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार २१:०३ मा प्रकाशित (४ साल अघि) २३२ पाठक संख्या

एजेन्सी – स्तनमा हुने स्पर्समा महिलाहरुले यौन आनन्द प्राप्त गर्छन्, भन्ने कुरा त हामी सबैले थाहा पाएकै हो । तर के कारण यस्तो हुन्छ सेक्स भन्ने कुराको जानकारी भने अधिकांशलाई छैन ।

एक अनुसन्धानले स्तनको टुप्पो र योनी दुबै अंगबाट प्रसार हुने तरङ्ग मस्तिस्कको एउटै भागले ग्रहण गर्ने भएकाले महिलाहरुले यसबाट यौन आनन्द प्राप्त गर्ने गरेको तथ्य पत्ता लगाएको छ । एक अमेरिकन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरको अध्ययनले महिलाहरुको स्तनको टुप्पो र योनीमा हुने समान यौन संवेदनशीलताको कारण यी दुइ अंगबाट प्रसार हुने संवेदना मस्तिष्कको एउटै भागले ग्रहण गर्ने गर्दछ ।

योनी र भग्निशिखाको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई मस्तिष्कको जुन भागले ग्रहण गर्छ स्तनको टुप्पोको स्पर्शका बेला उत्पन्न हुने उत्तेजनालाई पनि सोही भागले ग्रहण गर्ने अनुसन्धानकर्ताहरुको दावी छ । त्यसैले महिलाहरु स्तनको स्पर्श वा सुम्सुम्याइबाटै चरम आनन्द प्राप्त गर्न सक्छन्, यसकालागि योनी र लिंगको मिलन आवश्यक पर्दैन । अनुसन्धानका क्रममा २३ देखि ५६ वर्षसम्मका ११ जना महिलालाई उनीहरुको योनी र स्तनलाई सुम्सुम्याउन लगाइएको थियो । यसरी सिर्जना हुने उत्तेजनाका बेला उनीहरुको मस्तिष्कमा हुने परिवर्तनको अध्ययन गर्न मस्तिष्कलाई ब्रेन स्क्यानर भित्र राखिएको थियो । त्यसक्रममा प्राप्त तस्वीरहरुले योनी र स्तन दुबैबाट प्रवाह हुने उत्तेजना स्नायु हुँदै मस्तिष्कको क्लस्टर अफ ग्रेप्स भन्ने ठाउँमा गएको पाइयो । पुरुषमा पनि लिंगबाट प्रवाहित हुने उत्तेजना सोही भागले ग्रहण गर्ने गर्छ ।