आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

साउने संक्रान्तिमा सार्वजनिक बिदा हुने

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार १६:१८ मा प्रकाशित (४ साल अघि) ५३६ पाठक संख्या

सुर्खेत । कर्णाली प्रदेशमा साउने संक्रान्तिमा सार्वजनिक बिदा हुने भएकाे छ ।  प्रदेश सरकारले साउने संक्रान्तिमा  सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषदले   १० वटै जिल्लामा साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो । प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित वर्षभरीमा सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सरकारले धान दिवसका दिन असार १५ र चैत १२ (जुम्लामा मात्र), साउने संक्रान्ति तथा देउडापर्वको अवसरमा साउन १, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला (जुम्लामा मात्र) असोज कृष्ण त्रयोदशी, माघे  संक्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथिअनुसार बिदा दिने निर्णय गरेको हो ।