आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

‘मेलम्चीको सुरुङ परीक्षण गर्दा कालो बोकाको बली दिइयो, अब क्षमा पूजा गरौँ’

गोकर्णेश्वर खबर३१ असार २०७७, बुधबार ०६:२१ मा प्रकाशित (४ साल अघि) २८७ पाठक संख्या

काठमाडौंः मेलम्ची खानेपानीको सुरुङ परीक्षणका क्रममा गेट फुस्केर पानी फर्कँदा खानेपानी कार्यालयका दुई कर्मचारी बेपत्ता भएपछि संचरनाको गुणस्तरबारे प्रश्न उठेको छ। सिन्धुपाल्चोक २ का सांसद शेरबहादुर तामाङले संरचना कमजोर हुन सक्ने भन्दै स्वतन्त्र निकायबाट पुनः परीक्षण हुनुपर्ने माग समेत गरेका छन्।

स्थानीय जनता र जनप्रतिनिधिहरुलाई जानकारी नै नदिइ असार २१ गतेबाट सुरुङको परीक्षण गरिएको भन्दै तामाङले संचरनाको परीक्षण नगरी पानी छोडिएको आशंका गर्दै परीक्षणको माग गरेका हुन्।

‘शुभ कार्य’स्वरुप सुरुङको परीक्षण गर्दा कालो बोका काटेर पूजा गरिएको भन्दै तामाङले अन्धविश्वासमाथिको विश्वास भनेर आलोचना पनि गरेका छन्।

‘हेलम्बु क्षेत्र धार्मिक हिसाबले नै काटमार निषेधित तपोभूमि क्षेत्र’ रहेको भन्दै भूमि पूजाप्रति प्रश्न गरेका छन्। बलि दिइएका कारण भूमिले नसहेको हुन सक्ने भन्दै तामाङले क्षमा पूजा आवश्यक हुनसक्ने पनि बताएका छन्।