आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

अयोध्या र राम बारे प्रधानमन्त्रीले बोलेको विषयमा परराष्ट्रले दियो स्पष्टीकरण

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार २०:३२ मा प्रकाशित (४ साल अघि) ३०२ पाठक संख्या

प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र भगवान रामका बारेमा दिएको अभिव्यक्तिप्रति नेपालको परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावनामा चोट पुर्‍याउने आशयको पनि होइन ।’

ओलीले आइतबार भगवान राम भारतीय नभएको र असली अयोध्या वीरगञ्ज नजिकै ठोरीमा पर्ने दाबी गरेका थिए । उनले भारतमा रहेको अयोध्या नक्कली भएको दावी समेत गरेका थिए ।

विवाह पञ्चमी र रामायण सर्किटको स्मरण

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको टिप्पणी अयोध्याको महत्व र यसमा रहेको सांस्कृतिक मूल्यलाई कमजोर पार्नका लागि नभएको स्पष्ट पारेको छ ।

जनकपुरधाममा हरेक वर्ष हुँदै आएको जनकपुर र अयोध्यावीचको विवाह पञ्चमीको महत्वबारे समेत विज्ञप्तिमा चर्चा गरिएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१८ मा संयुक्त रुपमा उदघाटन गरेको रामायण सर्किट र जनकपुर–अयोध्या–जनकपुर बस सेवाको पनि विज्ञप्तिमा चर्चा गरिएको छ । हेर्नुहोस् विज्ञप्ति यस्तो छ ।