आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

रोकियो लाइसेन्स वितरण

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार १६:१८ मा प्रकाशित (४ साल अघि) ३५६ पाठक संख्या

यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण स्थगित गरेको छ।

मंगलबार कार्यालयले सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड-१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको हो।

अर्को सूचना नआएसम्म लाइसेन्स वितरण कार्य सुचारू नहुने कार्यालयले स्पष्ट पारेको छ।