आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

वरिष्ठ कम्युनिष्ट नेत्री थापाको निधन

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ११:१३ मा प्रकाशित (४ साल अघि) ४४५ पाठक संख्या

मकवानपुर । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ । नेकपा मकवानपुरको अभिभावकसमेत रहनुभएकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षको उमेरमा सोमबार राति हेटौँडा अस्पतालमा निधन भएको हो ।

लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो । तत्कालीन नेकपा (एमाले)की सल्लाहकारसमेत रहनुभएकी थापा २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले)को सेल्टरदाताको रूपमा चर्चित हुनुहुन्थ्यो ।

उहाँले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदन भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गर्नुभएको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने बताउनुहुन्छ ।

अहिले थापालाई श्रद्धाञ्जलि दिन वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको उपस्थिति रहेको छ । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनको श्रीमान र तीन छोरा, बुहारी तथा नातिनातिना छन्।