आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

प्रधानमन्त्री ओलीका बचनले सीमा नाघे, अब छाडा छोड्नु खतरनाक हुनेछ -डा. बाबुराम भट्टराई

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०७:५३ मा प्रकाशित (४ साल अघि) ३१३ पाठक संख्या

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओलीका वचन/कर्मले सीमा नाघेको बताएका छन् ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीका बचन र कर्मले सीमा नाघेको बताउदै अब उनलाई छाडा छोड्नु खतरनाक हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवासमा आयोजित कार्यक्रममा अयोध्या वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको ठोरी गाउँमा पर्ने भन्दै भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

डा. भट्टराईले सामाजिक संजालमा टिप्पणी गर्दै संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको बताएका छन् ।

उनले भनेका छन् –

‘अति गरे खति हुन्छ भन्छन् ! प्रधानमन्त्री केपी शर्मा ओलीका वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न । संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’