आज: ११ माघ २०८१, शुक्रबार | Fri, 24, Jan, 2025

देशभरको मौसममा सामान्य वदली, केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

गोकर्णेश्वर खबर३० असार २०७७, मंगलवार ०६:५६ मा प्रकाशित (४ साल अघि) १९५ पाठक संख्या

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । यसकासाथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केहि दक्षिण तिर सरेको छ।

देशभर आंशिकदेखि  सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

त्यसैगरी आज विहान ३ः४५ बजेको रेकर्ड अनुसार पछिल्लो ३ घण्टा रुपन्देही र कपिलबस्तु जिल्लामा भारी वर्षा भएकाले साना खोलाहरुमा आकस्मिक बाढी आउनसक्ने भन्दै सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको  समेत सम्भावना रहेको विभागले जनाएको छ।