आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

गोकर्णेश्वर नगरपालिकाले नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षक निर्देशिका, स्वअध्ययन सामग्री र शैक्षिक सामग्री वितरण

गोकर्णेश्वर खबर२९ असार २०७७, सोमबार १०:५१ मा प्रकाशित (४ साल अघि) ८२२ पाठक संख्या

काठमाडौं असार २९। गोकर्णेश्वर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा  द्वारा नगरपालिका भित्र रहेका सामुदायिक बिध्यालयहरुलाई शिक्षक निर्देशिका, स्वअध्ययन सामग्री र शैक्षिक सामग्री वितरण गरिएको छ ।

आइतबार चामुण्डा माध्यमिक बिध्यालयमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  नरहरी घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सल्लाहकार दिपक रिसाल,  शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य, शिक्षा अधिकृत टेकेन्द्र ढकाल, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा सदस्य लक्षमण गोले , चामुण्डा माध्यमिक बिद्यालयका प्रधानाध्यापक यादब प्रसाद पौडेल बिभिन्न बिद्यालयका बिध्यालय व्यवस्थापन समितिका अध्यक्षहरु शिक्षक प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले गरेका थिए नगरपालिका भित्र रहेका १६ वटा सामुदायिक बिध्यालयहरुलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे लगायतले शिक्षक निर्देशिका, स्वअध्ययन सामग्री र शैक्षिक सामग्री प्रदान गरिएको थियो । कार्यक्रममा  नगरपालिकाका शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्यले स्वागत मन्तब्य राख्दै कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।

कार्यक्रममा  गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका वडा नं १ का वडा अध्यक्ष राम मानन्धर बिद्यालयको तर्फ बाट चामुण्डा माध्यमिक बिद्यालयका प्रधानाध्यापक यादब प्रसाद पौडेल  प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्दै   कोभिडको कारण  कारण स्कुल बन्द हुँदैमा शिक्षण र सिकाइ रोक्नुनपर्ने बताएका थिए  ।

उनीहरुले यसलाई अवसरका रूपमा लिएर नवीन दृष्टिकोणको प्रयोग गरेर शिक्षा वा सिकाइ जारी राख्न सकिने धारणा राखेका थिए  । रेडियो, टेलिभिजन, सेलफोन तथा इन्टरनेटमा आधारित सिकाइका विकल्प प्रस्तुत गर्न सकिने समेत बताएका थिए ।  महामारीको भयावह स्थितिले गर्दा विद्यार्थीमा तनाव र अन्योलको स्थिति सिर्जना भएको अवस्थामा स्कुलले विशेष भूमिका खेल्न  सक्नुपर्ने तर्फ ध्यानाकर्षण गराएका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्यालले प्रदान गरिएको  सामग्रीको सदुपयोग गर्न अनुरोध गर्दै उपस्थित सबैलाई धन्यबाद दिएका थिए ।

फोटो : सरोज बस्नेत