लण्डन । छोरीज्वाइँ भेट्न आएका एक पिताको बेलायतमा निधन भएको छ ।
सुनसरी, इँटहरी घर भएका ७० वर्षीय उद्यमसिंह राईको गत आइतबार ननिटनस्थित जर्ज एलियट अस्पतालनमा निधन भएको स्थानीय ब्रिटिश गोर्खा भेट्रान्स एसोसिएसन युकेका महासचिव भीम सारुले जानकारी दिए ।
उनी पत्नीसहित मार्च १० मा बेलायत आएका थिए । उनी छोरी पिँकी राई लिम्बु र ज्वाइँ हेमराज लिम्बुका साथ ननिटनमा बस्दै आएका थिए । उनलाई मे २५ तारिखका दिन अस्पताल भर्ना गरिएकोमा दुई दिनपछि नै आइसियुमा सारिएको थियो ।
उनको निधन कोभिड १९ बाट भएको भने होइन । शरीरका विभिन्न अंगहरुले काम नगरेका कारण उनको मृत्यु भएको बताइएको छ ।
उनको अन्त्येष्ठी जुलाई १५ तारिखका दिन गरिने बताइएको छ ।
उनी भारतीय सेनाका सेवा निवृत्त सिपाहीँ थिए । उनी यसअघि सन् २०१७ मा पनि युके आएका थिए ।
उनमा पहिल्यै विभिन्न स्वास्थ्य समस्या रहेका कारण इन्स्योरेन्सले नब्यहोरिँदा उनको उपचारको बिल समेत परिवारले तिर्नपर्ने भएको छ ।