काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमसँग आर्सनल पराजित भएको छ ।
आइतबार राति नर्थ लण्डन डर्बीमा भएको खेलमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर टोटेनहमले जीत निकालेको हो । खेलको १६औं मिनेटमा एलेक्सजेन्ड्रे लाकाजेट्ले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, खेलको १९औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ८१औं मिनेटमा टोबी अल्डेरवेइरेल्डले गोल गर्दै टोटेनहमलाई २-१ को जीत दिलाए ।
जीतसँगै टोटेनहम आठौं स्थानमा उक्लिएको छ भने आर्सनल नवौं स्थानमा झरेको छ ।