काठमाडौं । हाल नेपालभर मनसुनी वायु सक्रिय छ । यसका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ।
जसअनुसाार देशभर सामान्य बदली रही प्रदेश १, २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित वर्षा भईरहेको जल तथा मौसम विज्ञाान विभागले जनाएको छ।
स्याङ्जाको पुतलीबजारस्थित बर्षामापन केन्द्रमा पछिल्लो विहान साढे १ बजेदेखि ३ घण्टामा भारी बर्षामापन भएको छ ।
तसर्थ आँधीखोला, बाँधखोला लगायत साना नदीहरुमा आकस्मिक बाढी आउनुका साथै कमजोर भिरालो क्षेत्रमा पहिरो जान सक्ने विभागले जनाएको छ ।
त्यसैगरी नवलपरासीको डण्डा्स्थित बर्षामापन केन्द्रमा पनि भारी बर्षा मापन भएको र थप बर्षा हुने संभावना रहेकाले डण्डा, कावाशोती र आसपासका गिरिउवारी रअन्य स–साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरैजसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।