आज: १७ बैशाख २०८२, बुधबार | Wed, 30, Apr, 2025

काठमाडौं उपत्यकामा आज पनि थपिए ६ कोरोना संक्रमित

गोकर्णेश्वर खबर२८ असार २०७७, आईतवार १७:०० मा प्रकाशित (४ साल अघि) ७२२ पाठक संख्या

काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमित थपिएका छन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ जना र ललितपुरमा एक जना कोरोना संक्रमित थपिएका हुन।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना, त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा काठमाडौंमा २ र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिए हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितका संख्या १६ हजार ८०१ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्। प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ८ हजार ५८९ पुगेको छ।

प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९१६ जानको पीसीआर परीक्षण गरिएको जानकारी दिएका छन् । हालसम्म नेपालमा कोरोनाले ३८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।