काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।
शनिबार गृहजिल्ला चितवन पुगेका अध्यक्ष दाहालले बाढीबाट क्षति पुगेका क्षेत्रको निरीक्षण गर्नुका साथै बाढी प्रभावितहरुसँग भेटघाट समेत गरेका छन् ।
बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले धन जनको क्षति पुगेको छ ।