आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेकपाको स्थायी कमिटी बैठक थप एक साताका लागी स्थगित

गोकर्णेश्वर खबर२६ असार २०७७, शुक्रबार १०:३० मा प्रकाशित (४ साल अघि) २६१ पाठक संख्या

काठमाडौं – नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि लागि स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । ।

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नदिने अडान लिएका छन् । प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्नु पर्ने दबाब दिँदै आएको छ ।